१९ भाद्र २०८२, बिहीबार
Follow Us

‘नेपाल हेल्थ कन्क्लेभ २०२४’ आज सकिने

नेपालब्रिटेन संवाददाता
१२ पुष २०८१, शुक्रबार ०५:२५

काठमाडौं । हिजाेदेखी सुरू भएकाे ‘नेपाल हेल्थ कन्क्लेभ २०२४’ सम्मेलन जारी रहेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा पुस ११ र १२ गते सो सम्मेलन जारी रहनेछ ।

‘स्वास्थ्य सेवाको सुदृढीकरणका लागि प्रवासीहरूको संलग्नता’ नाराका साथ नेपाल हेल्थ कन्क्लेभ २०२४ हुन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्मेलनका लागि ९० भन्दा बढी देशबाट सहभागिता रहनेछ । कुल १ हजारभन्दा बढीको सहभागिता रहने जनाएको मन्त्रालयले ३ सय जनाको भौतिक उपस्थिति रहने छ भने ७०० भन्दा बढीलाई भर्चुअल माध्यमबाट जोडिने व्यवस्था गरिएको छ ।

धेरै पढिएको