२ मंसिर २०८२, मंगलवार
Follow Us

मदन राईलाई दुई वर्ष कैद सजाय, फौजदारी कसुर पनि ठहर

नेपालब्रिटेन संवाददाता
२५ माघ २०८१, शुक्रबार १३:२६

काठमाडौँ । कृषि विज्ञका रूपमा परिचित र आफैले खोलेको सुभद्रा मदन फाउन्डेसनमा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गरेका मदन राईलाई साढे दुई वर्ष कैद सजाय तोकिएको छ।

जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले शुक्रबार मदन राईलाई साढे दुई वर्षको कैद सजाय तोकेको तहसिलदार एवं सूचना अधिकृत सुदिपकुमार भट्टराईले जानकारी दिएका छन।

सूचना अधिकृत भट्टराईका अनुसार यस कसुरमा एक लाख रुपैयाँ जरिवाना र एक लाख ५० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति दिन पनि आदेश भएको छ भने चार हजार रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नु पर्नेछ ।

भट्टराईका अनुसार इजलासले राईलाई नैतिक पतन देखिने फौजदारी कसुर गरेको पनि ठहर गरेको छ। यस कसूरमा माघ १० गते न्यायाधीश दाहालको इजलासले दोषी ठहर गरेको थियो।

धेरै पढिएको