काठमाडौं । नेपाली बजारमा शुक्रबार (आज) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको हो ।
बिहीबार प्रतितोला १ लाख ८७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७ सय रुपैयाँले बढेर १ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।