काठमाडौँ । नवनियुक्त ऊर्जा मन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै ऊर्जा मन्त्री घिसिङले पहिलो निर्णय समेत गरेका छन् ।
मन्त्री घिसिङले विद्युत् प्राधिकरणको बक्यौता बापतको रकम उठाउने पहिलो निर्णय गरेका छन् । साथै ऊर्जा मन्त्री घिसिङले खादा-माला तथा अबिर केही पनि नलिने घोषणा समेत गरेका छन् ।
लब भत्ता र सुरक्षालगायत सुविधा नलिने
ऊर्जा मन्त्री कुलमान घिसिङले तलब भत्ता, सुरक्षालगायत सुविधा नलिने बताएका छन् । सोमबार पदभार ग्रहणपछि मन्त्री घिसिङले यस्तो घोषणा गरेका हुन्।
उनले आफूले प्राप्त गर्ने तलब भत्ता सहिद परिवारको नाममा बनेको कोषमा जम्मा गर्ने बताएका छन् ।