२१ आश्विन २०८२, मंगलवार
Follow Us

काठमाडाैंसहित ४ स्थानमा ७ जना मृत फेला

नेपालब्रिटेन संवाददाता
१८ आश्विन २०८२, शनिबार १२:३७

काठमाडाैंसहित देशका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला परेका छन्।

काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित चुनदेवी गेष्ट हाउसको कोठा नम्बर २०३ मा गत असोज १२ गतेदेखि बस्दै आएका मकवानपुर मकवानपुरगढी गाउँपालिका-३ घर भएका ४४ वर्षीय सोम बहादुर स्याङ्तान सोही कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

यसैगरी काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बद्धपार्क नजिक डेरा गरी बस्ने दोलखा सैलुङ गाउँपालिका-२ घर भएका ३५ वर्षीय राजु तामाङ आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

दार्चुला, ब्याँस गाउँपालिका-१ राकमस्थित तिङ्कर खोलाको किनारमा दाङ घोराही उपमहानगरपालिका-११ घोराही बस्ने ४८ वर्षीय जितमान चौधरी शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

यसैगरी दार्चुला, महाकाली नगरपालिका-४ बाङगाबगरस्थित माहाकाली नदीको किनारमा सोही नगरपालिका-१ लास्कु बस्ने ३६ वर्षीय देबेन्द्र कामी शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

पाँचथर, तुम्बेवा गाउँपालिका-२ भर्लिनी खोलसीमा सोही गाउँपालिका भालु खोप बस्ने ५७ वर्षीय देव कुमार राई शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

दाङ, राप्ती गाउँपालिका-१ भालुवाङस्थित राप्ती नदीमा हाल नाम, थर र वतन नखुलेकी अन्दाजी ६५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन्।

यसैगरी दाङ, गढवा गाउँपालिका-२ टाकुराटोल बस्ने ५२ वर्षीय कृष्ण परियार आफ्नै घर नजिकै रहेको गोरेटो बाटोमा शनिबार मृत अवस्थामा फेला परेका छन्।

उल्लेखित सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

धेरै पढिएको