३१ जेष्ठ २०८३, आईतवार
Follow Us

काठमाडाैंसहित ४ स्थानमा ७ जना मृत फेला

नेपालब्रिटेन संवाददाता
१८ आश्विन २०८२, शनिबार १२:३७

काठमाडाैंसहित देशका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला परेका छन्।

काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित चुनदेवी गेष्ट हाउसको कोठा नम्बर २०३ मा गत असोज १२ गतेदेखि बस्दै आएका मकवानपुर मकवानपुरगढी गाउँपालिका-३ घर भएका ४४ वर्षीय सोम बहादुर स्याङ्तान सोही कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

यसैगरी काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बद्धपार्क नजिक डेरा गरी बस्ने दोलखा सैलुङ गाउँपालिका-२ घर भएका ३५ वर्षीय राजु तामाङ आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

दार्चुला, ब्याँस गाउँपालिका-१ राकमस्थित तिङ्कर खोलाको किनारमा दाङ घोराही उपमहानगरपालिका-११ घोराही बस्ने ४८ वर्षीय जितमान चौधरी शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

यसैगरी दार्चुला, महाकाली नगरपालिका-४ बाङगाबगरस्थित माहाकाली नदीको किनारमा सोही नगरपालिका-१ लास्कु बस्ने ३६ वर्षीय देबेन्द्र कामी शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

पाँचथर, तुम्बेवा गाउँपालिका-२ भर्लिनी खोलसीमा सोही गाउँपालिका भालु खोप बस्ने ५७ वर्षीय देव कुमार राई शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

दाङ, राप्ती गाउँपालिका-१ भालुवाङस्थित राप्ती नदीमा हाल नाम, थर र वतन नखुलेकी अन्दाजी ६५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन्।

यसैगरी दाङ, गढवा गाउँपालिका-२ टाकुराटोल बस्ने ५२ वर्षीय कृष्ण परियार आफ्नै घर नजिकै रहेको गोरेटो बाटोमा शनिबार मृत अवस्थामा फेला परेका छन्।

उल्लेखित सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

धेरै पढिएको

slot gacor