रुकुमपश्चिम, कात्तिक ६ गते । नेकपा (एकीकृत समाजवादी) रुकुमपश्चिमका जिल्ला उपाध्यक्ष दिपकराज खड्काको मृत्यु भएको छ । मुटु रोगबाट पीडित ४७ वर्षीय खड्काको बुधबार बेलुका उपचारको क्रममा काठमाडौँस्थित गंगालाल हृदयरोग निवारण केन्द्रमा मृत्यु भएको हो ।
पार्टीको मुसीकोट नगर कमिटीको अध्यक्षको समेत जिम्मेवारीमा रहेका जिल्ला उपाध्यक्षको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको पार्टीका प्रचार विभाग प्रमुख अमरराज पुनले जनाएका छन् । उनले राजनैतिक सहकार्य र आत्मिएताका हस्तिको निधनले पार्टीको भावी योजनामा ठेस लागेको उल्लेख गरेका छन् ।
मुसीकोट नगरपालिका ४ सोलाबाङ निवासी खड्का जिल्ला अस्पताल विकास समिति रुकुमपश्चिमको सदस्य समेत हुन् । अस्पताल विकास समितिका अध्यक्ष टेक कुसारीले उपचारको क्रममा खड्काको अल्पायुमै निधन भएको खबर प्राप्त भएको जनाइन । उनले खड्का अत्यन्त सरल स्वभावको, सामाजिक सेवा भावबाट प्रेरित, समाज रुपान्तणको लागि सकारात्मक र सृजनात्मक राख्ने सामाजिक अगुवा भएको बताइन ।
उनको निधले एक असल सामाजिक योद्धा गुमाउन पुगेको कुसारीले उल्लेख गरेकी छन् । मुसीकोट नगरपालिका प्रमुख महेन्द्र केसीले असल व्यक्तित्व गुमाउन पुगेको बताइन । खड्काले समाजका लागि दिएको योगदान उच्च स्रहानिय रहेको नगर प्रमुख केसीले जनाइन ।
मृतक खड्का रुकुमका एक असल पर्यटनकर्मी, व्यवसायी समेत हुन् । उनी विभिन्न सामाजिक संघ संस्थाहरुमा समेत आवद्ध थिए ।