काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा आज उल्लेख्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेर २ लाख ३९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन आइतबार सुन प्रति तोला २ लाख ४१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यो गिरावट उपभोक्ताका लागि केही राहतको खबर हो ।
सुनसँगै चाँदीको मूल्यमा पनि कमी आएको छ । आइतबार प्रति तोला ३ हजार १५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर २ हजार ९८० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
महासंघका अनुसार, आज प्रति १० ग्राम सुनको मूल्य २ लाख ५ हजार ६७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ५५५ रुपैयाँ कायम भएको छ ।