काठमाडौं । ‘जेनजी’ आन्दोलनका क्रममा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख (मेयर) मिठाराम अधिकारीको निवासमा तोडफोडको आरोपमा दुई युवतीलाई पक्राउ गरिएकाे छ ।
प्रहरीका अनुसार, पक्राउ पर्नेहरूमा २० वर्षीया निशा राई र २२ वर्षीया आयुषा कुमाल रहेका छन् । उनीहरूलाई बूढानीलकण्ठ–१० गैरीगाउँबाट नियन्त्रणमा लिई हाल प्रहरी वृत्त बौद्धमा राखिएको छ । घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
निशा राई इलामको माई नगरपालिका–८ की स्थायी बासिन्दा हुन् भने हाल बूढानीलकण्ठ नगरपालिका–१० गैरीगाउँमा बस्दै आएकी थिइन् । त्यसैगरी, आयुषा कुमाल गुल्मीको हस्तिचौर गाउँपालिका–२ की हुन् ।