११ मंसिर २०८२, बिहीबार
Follow Us

डीआईजी सापकोटालाई हेडक्वार्टरले सोध्यो स्पष्टीकरण

नेपालब्रिटेन संवाददाता
११ मंसिर २०८२, बिहीबार १२:०१

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले डीआईजी जयराज सापकोटालाई स्पष्टीकरण सोधेको छ।

डीआईजी सापकोटाले प्रहरी नियमावली विपरीत आचरण गरेको आरोपमा उनलाई स्पष्टीकरण सोधिएको हो ।

प्रहरी प्रवक्ता (डीआईजी) अविनारायण काफ्लेका अनुसार कार्य विभाग अन्तर्गत कार्य निर्देशनालयमा कार्यरत डीआईजी सापकोटाले प्रहरी नियमावली–२०७१ विपरीतको आचरण गरेको हुनाले उनलाई स्पष्टीकरण सोधिएको हो ।

कोशी प्रदेशमा भएको डीआईजी सरुवा सम्बन्धी निर्णयमा सापकोटाले टिप्पणी गरेका थिए । गृहमन्त्री ओमप्रकाश अर्यालले कोशीमा विनोद घिमिरेलाई पठाउने निर्णय गरेपछि , ‘हम कभी नहि सुध्रेङ्गे, नेपाल पुलिस डीआईजीपी पोस्टिङ’ सापकोटाले सामाजिक सञ्जाल (फेसबुक)मा लेखेका थिए ।

धेरै पढिएको