काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै छ ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यान्द पाण्डेको संयुक्त इजलासमा सो मुद्दामा सुनुवाइ हुँदै आएको छ । बिहीबार यो मुद्दामा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।
मधेश प्रदेश काँग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहितका ७४ सांसदहरुले मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक भएको जिकिर गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
मुख्यमन्त्री यादवविरुद्ध रकीप्रसाद यादव लगायतले दायर गरेको अर्को एक रिटमा न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले मधेश सरकारलाई दीर्घकालीन प्रभाव पार्ने खालका कुनै काम नगर्न आदेश दिएको थियो ।