३ पुष २०८२, बिहीबार
Follow Us

सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदी हालसम्मकै उच्च

नेपालब्रिटेन संवाददाता
३ पुष २०८२, बिहीबार ०५:५३

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ तय गरेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा ७ सय रुपैयाँ बढी हो । अघिल्लो दिन २ लाख ५९ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यसअघि गत सोमबार सुन हालसम्मकै उच्च प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

धेरै पढिएको