२८ पुष २०८२, सोमबार
Follow Us

राष्ट्रपतिद्वारा राष्ट्रिय सभाको अधिवेशन आव्हान

नेपालब्रिटेन संवाददाता
२८ पुष २०८२, सोमबार १२:३८

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको अधिवेशन आव्हान गरेका छन् । सरकारको सिफारिसमा यही माघ ४ गते आइतबार ११ बजे संघीय संसद् सचिवालय, सिंहदरवारमा राष्ट्रियसभाको अधिवेशन आव्हान गरेको शीतल निवासले जनाएको छ ।

सिंहदरबारमै बस्नेछ राष्ट्रिय सभाको बैठक
राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने भएको छ । सिंहदरबारमै रहेको कृषि तथा प्राकृतिक स्रोत समितिको हललाई राष्ट्रिय सभाको बैठक बस्ने गरी व्यवस्थापन गरिएको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन ।

जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संसद् भवनसमेत जलेको छ । त्यसपछि वैकल्पिक रुपमा सिंहदरबारमै राष्ट्रिय सभाको बैठक राख्ने गरी व्यवस्थापन गरिएको हो । कृषि तथा प्राकृतिक स्रोत समितिको हललाई सभाको बैठक राख्ने गरी व्यवस्थापन गरिएको छ । प्रवक्ता गिरी भन्छन्, ‘९० प्रतिशत सकियो । बाँकी काम पनि माघ ४ अगाडि नै सकिन्छ ।’

धेरै पढिएको