काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। आज सुन तोलामा दुई हजार नौ सय रुपैयाँले घटेर दुई लाख ९२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुन प्रतितोला दुई लाख ९५ हजार एक सय सय रुपैयाँमा कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले घटेर प्रतितोला पाँच हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला पाँच हजार ९ सय २० रुपैयाँमा कारोबार भएको थियो ।