मुख्य समाचार

जर्मनीस्थित नेपाली राजदूत डा. रुपाखेतीले दिए पदबाट राजीनामा

काठमाडौँ । जर्मनीका लागि नेपालका राजदूत डा. शैल रुपाखेतीले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनी सुशीला कार्की नेतृत्वको सरकारद्वारा फिर्ता बोलाइएपछि परराष्ट्र मन्त्रालयमा हाजिर हुँदै आएका थिए।

मन्त्रालयका प्रवक्ता लोक बहादुर क्षेत्रीका अनुसार उनले बुझाएको राजीनामा परराष्ट्र मन्त्री शिशिर खनालले स्वीकृत गरेका हुन्। यसअघि कार्की नेतृत्वको सरकारले ११ मुलुकमा कार्यरत राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता