२९ जेष्ठ २०८३, शुक्रबार
Follow Us

रवि लामिछानेलाई दिल्ली विमानस्थलमा भव्य स्वागत

नेपालब्रिटेन संवाददाता
१८ जेष्ठ २०८३, सोमबार ११:५१

काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने पाँच दिने भ्रमणका क्रममा भारत पुगेका छन्। भारत आगमनपछि नयाँदिल्लीस्थित विमानस्थलमा भारतीय जनता पार्टीका नेताहरूले उनको स्वागत गरेका छन्।

रास्वपा सभापति लामिछानेलाई अरुण सिंह र विजय चौथाइवालेले विमानस्थलमा स्वागत गरेको जनाइएको छ। उनी भारतीय जनता पार्टीको निमन्त्रणामा भारत भ्रमणमा गएका हुन्। भ्रमण टोलीमा विपिनकुमार आचार्य, दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य पनि सहभागी छन्।

रास्वपाका प्रवक्ता मनिष झा का अनुसार लामिछानेको भ्रमण जेठ १८ देखि २२ गतेसम्म (जुन १-५) रहनेछ। भ्रमणका क्रममा नयाँ दिल्लीमा विभिन्न उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यसूची तय गरिएको छ।

यस अवधिमा उनले भारतीय जनता पार्टीका नेतृत्वसँग छलफल गर्नुका साथै भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ। भ्रमण तालिकामा अयोध्या भ्रमण पनि समावेश गरिएको छ।

रास्वपाका अनुसार भेटघाट तथा अन्य कार्यक्रमको समन्वय नयाँदिल्लीस्थित नेपाली दूतावासले गरिरहेको छ।

धेरै पढिएको

slot gacor