२७ असार २०८३, शनिबार
Follow Us

बझाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते

नेपालब्रिटेन संवाददाता
२७ असार २०८३, शनिबार १२:४४

काठमाडौं । बझाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य ५ जना गम्भीर घाइते भएका छन् ।

बझाङका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार, दुर्घटनास्थलमा तीन जनाको मृत्यु भएको हो । त्यस्तै, दुर्घटनामा परेर पाँच जना घाइते भएको सीडीओ केशरीले बताए । उनका अनुसार, अहिले घाइतेहरूको उद्धारका लागि हेलिकप्टर पठाइएको छ ।

धेरै पढिएको