२ कार्तिक २०८३, आईतवार
Follow Us

अमेरिकी डलरको सिक्कामा ट्रम्पको अनुहार

नेपालब्रिटेन संवाददाता
२३ भाद्र २०८३, मंगलवार ०६:५१

अमेरिकी अर्थ मन्त्रालयअन्तर्गतको युएस मिन्टले राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर अङ्कित नयाँ एक डलरको सिक्का सार्वजनिक गरेको छ । बिक्री र प्रवाह पनि सुरु भयो ।

अमेरिका स्थापनाको २५०औं वार्षिकोत्सव अर्थात् ‘सेमिक्विनसेन्टेनियल’ मनाउने सन्दर्भ पारेर यो नयाँ सिक्का जारी भएको छ । आधुनिक अमेरिकी इतिहासमा जीवित व्यक्तिको तस्बिर धातुको मुद्रामा राखिएको यो विरलै घट्ने घटना समेत हो ।

यसअघि सन् १८६६ यता अमेरिकी सिक्कामा जीवित व्यक्तिलाई स्थान दिइएको थिएन । अमेरिकी इतिहासमा राष्ट्रपतिकै रूपमा हेर्दा सन् १९२६ मा १५० औं वार्षिकोत्सवका अवसरमा तत्कालीन राष्ट्रपति क्याल्भिन कुलिजको तस्बिर अङ्कित आधा डलरको सिक्का निकालिएको थियो ।

त्यसपछि बहालवाला राष्ट्रपति मुद्रामा अङ्कित भएको यो दोस्रो प्रसङ्ग बनेको छ।
–एजेन्सी

धेरै पढिएको