मुख्य समाचार

साहित्यकार प्रेमा शाहको निधन

काठमाडौँ । नेपाली साहित्यकार प्रेमा शाहको ७२ वर्षको उमेरमा निधन भएको छ। प्रेमा अभिनेत्री जल शाहकी आमा हुन्।

‘पहेँलो गुलाफ’ उपन्यासबाट निकै चर्चित भएकी साहित्यकार शाहको बिहीबार बिहान अमेरिकास्थित साल्ट सिटीमा रहेको इन्टर माउन्टेन हस्पिटलमा उपचारको क्रममा निधन निधन भएको पारिवारीक स्रोतले जनाएको छ। शाह केही वर्षदेखि अमेरिकामा बस्दै आएकी थिइन्।

२००२ साल मंसिर २५ गते वीरगञ्जको श्रीपुरमा जन्मिएकी शाहको उपन्यास पहेँलो गुलाफ यौन कथामा आधारित थियो। यो उपन्यासलाई धेरैले मन पराएका थिए। उनका विषयान्तर (२०२८), मन्टुको बजैको कथाको पेटारो (बालकथा संग्रह, २०३८) सहितका कथा संग्रह प्रकाशित छन्।

यस्तै उनी नेपालमा पहिलो पटक १० जना मिलेर लेखिएको संयुक्त उपन्यास ‘आकाश विभाजित छ’ को लेखक मध्ये एक हुन्।

About the author
nepalbritain news

nepalbritain news