खेल

बागलुङ महोत्सवमा खुल्ला पुरुष भलिबलमा पहिलो दिन ३ खेल

बागलुङ महोत्सवमा मुख्य आकर्षणको रुपमा रहेको खुल्ला पुरुष भलिबलमा पहिलो दिन ३ खेल सम्पन्न भएका छन् ।
१४ गतेदेखि सुरुवात भएको पाँचौं बागलुङ महोत्सवको तेस्रो दिनबाट सुरुवात गरिएको पुरुष भलिबलमा पहिलो दिनका ३ खेल नै सोझो सेटमा सम्पन्न भएका छन् । पहिलो खेलमा काठेखोला गाउँपालिकाले नेविसंघ निसीखोलालाई ३–० को सोझो सेटमा पराजित गरेको छ । यस्तै दोस्रो खेलमा २३ नम्बर बाहिनीले विनामारे युवा क्लबलाई ३–० को सोझो सेटमै पराजित ग¥योभने तेस्रो खेलमा गल्कोट नरपालिकाले पनि बाँङ्गेचौर संघलाई ३–० कै सोझो सेटमा पराजित गरेको थियो ।
१२ टिम रहेको खुल्ला पुरुष भलिबलमा भोली (सोमबार) ६ खेल हुने भलिबल उपसमितिका सदस्य सन्दिप पन्तले जानकारी दिनुभयो । सोमबारको पहिलो खेल पश्चिमाञ्चल विरुद्ध एनजे सिगाना, दोस्रो खेल काँठेखोला गाउँपालिका विरुद्ध अमर आदर्श, तेस्रो खेल २३ नम्बर बाहिनी विरुद्ध शेखर होटल, चौथो खेल गल्कोट नगरपालिका विरुद्ध छन्त्याल निर्माण सेवा, पाँचौं खेल पश्चिमाञ्चल विरुद्ध मुलपानी खेलकुद विकास समिति र छैठौं खेल नेविसंघ निसीखोला विरुद्ध अमर आदर्श विच हुने सदस्य पन्तले जानकारी दिनुभयो ।
यस्तै सोमबारबाट महिला भलिबल प्रतियोगिता पनि हुने आयोजकले जनाएको छ । खुल्ला महिला भलिबलमा ६ टिमको सहभागिता रहेको छ ।
महोत्सवको मुख्य आकर्षणको रुपमा रहेको पुरुष भलिबलको विजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ भने द्धितियले ५५ हजार ५ सय ५५ र तृतीयले २० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन्भने उत्कृष्ट खेलाडीले ५ हजार प्राप्त गर्नेछन् । यस्तै महिला भलिबलको विजेताले ७४ हजार ४ सय ४४, द्धितियले ३० हजार ५ सय ५५ र तृतीय टिमले २० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन्भने प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ हजार प्राप्त गर्नेछन् ।

About the author
nepalbritain news

nepalbritain news