मुख्य समाचार

आगामी फागुनको पहिलो साता नयाँ सरकार आउँछ; गच्छदार

विराटनगर। उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले आगामी फागुनको पहिलो हप्तामा नयाँ सरकार गठन हुने बताएका छन्।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले संवैधानिक प्रक्रियाअनुरुप राष्ट्रियसभाले पूर्णताः पाएपश्चात नै नयाँ सरकार गठन हुने स्पष्ट पारे।

उपप्रधानमन्त्री गच्छदारले संविधानअनुसार संघीय संसद्को बैठकपछि नै प्रधानमन्त्री चयन हुने व्यवस्था रहेको धारणा व्यक्त गर्दै वर्तमान सरकार जतिसक्दो चाँडो सत्ता त्याग्न तयार रहेकाले नयाँ सरकार गठनका लागि धैर्य गर्न आग्रह गरे।

उनले बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकमा आयोगको सल्लाहमा सरकारले राष्ट्रियसभाको निर्वाचनको मिति र दलहरुको सहमतिमा प्रदेश प्रमुखको नामको घोषणा गर्ने जानकारी समेत दिए। संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभा संचालन गर्न प्रदेश प्रमुख तोक्नुपर्ने उनको भनाइ थियो।

उनले प्रदेशको अस्थायी राजधानीको स्थान तोक्न देशभरी नै मतान्तर देखिएकाले सरोकारवालाबीच विवाद नहोस् भनेर सहमतिका आधारमा घोषणा गर्ने बताए।

– डिसी नेपालबाट ।

About the author
nepalbritain news

nepalbritain news