२९ भाद्र २०८२, आईतवार
Follow Us

जेन-जी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

नेपालब्रिटेन संवाददाता
२९ भाद्र २०८२, आईतवार १३:०७

काठमाडौं । जेन-जी आन्दोलनका क्रममा अहिलेसम्म ७२ जनाको निधन भएको छ । मुख्यसचिव एकनारायण अर्यालले जेन-जी आन्दोलनका क्रममा अहिलेसम्म ७२ जनाको निधन भएको बताएका हुन् ।

सिंहदरबारमा आइतबार नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहणका क्रममा मुख्यसचिव अर्यालले उक्त जानकारी दिएका हुन् । त्यसक्रममा उनले १९१ जनाको घाइतेको उपचार भइरहेको पनि जानकारी दिए ।

उनका अनुसार १३४ जना प्रदर्शनकारी र प्रहरी ५७ गरी १९१ जनाको उपचार भइरहेको छ ।

धेरै पढिएको