मुख्य समाचार

जथाभावी फोहोर फाल्दा ८४ जना परे कारबाहीमा

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षमा तोकिएको स्थानभन्दा अन्यत्र फोहर फाल्ने ८४ जनालाई कारबाही गरी रु दुई लाख ३७ हजार ३५० असुल गरेको छ।

कामपाको गाडी फोहर लिन आउँदा फोहर नफ्याक्ने अन्य समयमा जथाभावी र कामपाले तोकिएको स्थानमा फोहर नथुपार्ने ८४ जनालाई कारबाही गरिएको कामपा वातावरण व्यवस्थापन विभाग, कार्यसञ्चालन शाखाका प्रमुख तथा नगर प्रहरी निरीक्षक मीनबहादुर थापाले जानकारी दिए।

उनका अनुसार विशेष गरी पुतलीसडक, बागबजार, न्यूरोड, जमल क्षेत्रमा रातिको समयमा बढी मात्रामा फोहर फाल्ने ८४ जनाबाट कारबाही स्वरुप रु दुई लाख ३७ हजार ३५० असुल गरिएको हो।
विभागले जथाभावी फोहर फाल्नेबाट न्यूनतम रु ५०० देखि एक लाखसम्म जरिवानाको व्यवस्था गर्दै आएको छ। त्यसरी फोहर फाल्नेमा संस्थाभन्दा बढी व्यक्ति रहेका छन्। हरेक दिन कामनपाले काठमाडौँ उपत्यकाको ८०० मेट्रिक टन फोहर व्यवस्थापन गर्दै आएको छ।
– रासस

About the author
nepalbritain news

nepalbritain news