निर्मलाको लागि न्याय माग्दै प्रदर्शन गर्ने १२ जना पक्राउ
काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको लागि न्याय माग गर्दै सरकारलाइ दवाब दिन पोस्टर टाँस्दै हिँडेका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।घटना घटेको करिव चार महिना बित्दा समेत अपराधी पत्ता लगाउन नसक्दा चारैतिर आक्रोश बढ्दो छ ।यस्तैमा स्तन्त्र युवाहरुको समूह ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको निर्मलाको तस्बिर सहितको पोस्टर टाँसेर प्रदर्शन गर्ने क्रममा पक्राउ परेका हुन् ।
न्याय माग्दै माइतीघरमा प्रदर्शन गरिरहँदा सामाजिक अभियन्ता प्रितम सुवेदी,भावना राउत, सिर्जना विश्वकर्मा, छवि पंगेनी लगायत १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । यसअघि, गत सोमबार नयाँ युगको थालनी भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर अंकित पोस्टर काठमाडौँका अधिकांश सार्वजनिक स्थलमा टाँसिएको थियो । त्यसैको जवाफ स्वरुप युवाहरुले निर्मलाको तस्बिर सहितको पोस्टर टाँसेका थिए र त्यसैलाई निरन्तरता दिने क्रममा आज उनीहरू पक्राउ परेका हुन् ।
अभियन्ता प्रितमले न्यायको लागि आवाज उठाउँदा गरिएको धरपकडले आफुहरु बिचलित नहुने र प्रदर्शन जारी राख्ने चेतावनी समेत दिए ।

