ब्रेकिङ न्युज

बिजनेश कलास सिटमा बसेर प्रचण्ड अमेरिका सयर

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीताको उपचारका लागि आइतबार अमेरिका प्रस्थान गरेका छन् ।

दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, नेताहरु देवेन्द्र पौडेल, आनन्द पोखरेल, कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ लगायतले विदाई गरेका थिए।

उनीले विमानमा बिजनेश कलासको सिट प्रयोग गरेका छन् । यसअघि नेपाली कांग्रेसका तत्कालिन सभापति सुसिल कोइराला प्रधानमन्त्रीको हैसियतमा अमेरिका भ्रमण गर्दा इकोनोमिक कलासको सिट प्रयोग गरेका थिए ।

दाहाल पत्नी सीता पार्किन्सन जस्तो एक प्रकारको जटिल रोगले पीडित छिन् । अध्यक्ष दाहाल एक हप्तपछि स्वदेश फर्किने छन्। अमेरिकामा रहँदा दाहालले अनौपचारिक भेटवार्ता पनि गर्ने छन्।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्