ताजा खबर

राजपाको महाधिवेशन स्थगित

राष्ट्रिय जनता पार्टी (राजपा)को वैशाखमा हुने भनिएको महाधिवशेन स्थगित भएको छ।

यही चैत २६ देखि २८ सम्म भएको अध्यक्ष मण्डलको बैठकले आवश्यक तयारी नपुगेकाले महाधिवेशन सार्ने निर्णय गरिएको राजपाले जनाएको छ।

राजपाको महाधिवेशन वैशाख ७ देखि ९ गतेसम्म गर्ने तय भएको थियो। महाधिवेशनको मिति तोक्न ८ गते पदाधिकारी समितिको बैठक बोलाइएको छ।

पार्टीको महाधिवेशन सम्पन्न गर्न महन्थ ठाकुरको संयोजकत्वमा राजपा नेपाल महाधिवेशन मूल आयोजक समिति गठन गर्ने समेत निर्णय भएको छ ।
सेतोपाटी

About the author
nepalbritain news

nepalbritain news