ताजा खबर
संगीतकार दीपबिमको निधन
वासिङ्टन डिसी, अमेरिका । गायक तथा संगीतकार मदन दीपबिमको निधन भएको छ। सोमबार राति हृदयघातका कारण अमेरिकाको सन फ्रान्सिस्कोमा दीपबिमको निधन भएको हो।
केही समयदेखि छोरी ममतासँग अमेरिकामा बस्दै आएका दीपबिमले रेडियो नेपालमा समेत काम गरेका थिए। गत महिना हृदयघात भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।
अमेरिकाको क्यालिफोर्नियाको सन मेटियो मेडिकल सेन्टरमा मदन दीपबिमको निधन भएको मेरिल्याण्ड तथा पेंसेलभेनियाका लागि नेपाल सरकारका महाबाणिज्य दूत प्रेम राजा महतले फेसबुक स्टाटस लेख्दै जानकारी दिएका छन्।
उनले संगीत भरेका के भूल भयो प्रिया मसँग बोल्दिनौ, झस्केर दुख्छ यो मुटु मेरो उनैको यादमा, लगायत धेरै गीतहरु अहिले पनि निकै लोकप्रिय छन्।
डिसी नेपाल

