ताजा खबर

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

रौतहट । आफ्नै श्रीमतीलाई कुटपिट गरी मारेको अभियोगमा माधवनारायण नगरपालिका ३ सखुवा बस्ने २६ वर्षीय अनिल कुमार साहलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।

अनिलले २१ वर्षीया श्रमती रमिता साहलाई सोमबार राति कुटपिट गरी गम्भीर घाइते बनाएकाले नेशनल मेडिकल कलेज बीरगञ्ज पठाएकोमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
डिसी नेपाल

About the author
nepalbritain news

nepalbritain news