मुख्य समाचार

गायक जीवन शर्माका छोराको उपचारार्थ सहयोगको लागि अपील

लण्डन । जनताको गीत गाएर करोडौको मन जितेका जनगायक जीवन शर्माको परिवारमा ठुलो घटना घटेको छ।

उनको माईलो छोरा यो बेला अस्पतालको बेडमा छटपटाईरहेको छ।दशैंको दिन उनको घाटीमा मासु अड्किएर अप्रेसन गरेसंगै झन् जटिल अबस्थामा उनको छोरा देखिएको बताएको छ ।
फेरी अर्को ठुलो अपरेसन गर्न पर्ने र ४० लाख भन्दा बढी खर्च हुने देखिएपछि यो बेला जीवन शर्मालाई थप पिडा थपिएको छ ।

१० लाख भन्दा बढी खर्च भैसकेको र सबै ऋण काटेर ल्याएका जीवन शर्मालाई अब थप आपत आएको सहयोग संकलनका अभियान्ता राजु बोहोराले जनाए ।

जनगायक जीवन शर्माको परिवारमा परेको आर्थिक संकटमा सहयोग गर्न चाहानेहरुले ९८५१२२४९७० मा सम्पर्क गर्न सक्नुहुने छ ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्