३ आश्विन २०८२, शुक्रबार
Follow Us

पुस ४ गते संसदको हिउँदे अधिवेशन बोलाउन सिफारिस

nepalbritain news
२४ मंसिर २०७६, मंगलवार ०६:०८

काठमाडौं। संसदको हिउँदे अधिवेशन आगामी पुस ४ गतेलाई बोलाउन सरकारले सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्ले अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको एक मन्त्रीले डिसी नेपाललाई जानकारी दिए। मन्त्रिपरिषदको सिफारिसमा संसद अधिवेशन राष्ट्रपतिले आव्हान गर्ने संवैधानिक व्यवस्था छ।

हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा पनि लिइन्छ। तर, यो अधिवेशनको पहिलो विजनेश नै प्रतिनिधिसभाका सभामुखको चयन हुनेछ। तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन हिंसा आरोपमा पुर्पक्षका लागि जेल चलान भएका छन्। यौन हिंसाको आरोप लागेपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए।

सभामुख चयन भएपछि प्रतिनिधि सभाले नयाँ प्रतिनिधिसभा सदस्यका रुपमा नेकपाबाट विजयी विद्या भट्टराईलाई पनि स्वागत गर्नेछ। नवनिर्वाचित भट्टराईले नयाँ सभामुख चयन भएपछि नयाँ सभामुखबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्नेछिन्।

तत्कालीन नेकपा सांसद तथा मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि कास्की २ मा गएको मंसिर १४ गते उपनिर्वाचन भएको थियो।

डिसी नेपाल

धेरै पढिएको