१ आश्विन २०८२, बुधबार
Follow Us

युरोप पठाइदिन्छु भन्दै ३० लाख ठग्ने बाबा पक्राउ

nepalbritain news
२८ पुष २०७६, सोमबार ०९:१३

काठमाडौं : युरोप पठाइदिन्छु भनेर ठगी गर्ने दिपक भन्डारी पक्राउ परेका छन् ।

४ जनालाई युरोप लगिदिन्छु भनी ठगेको उजुरीको आधारमा उनलाई सोमबार पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले जानकारी दिए ।

उनले युरोप पठाइदिने भनेर ४ जनासँग ३० लाख रुपैयाँ लिएका थिए । प्रहरीका अनुसार स्थायी घर गुल्मी भएका भन्डारीले युरोपका विभिन्न ठाउँका तस्बिर देखाउँदै युरोप पठाइदिन्छु भनेर ठगी गरेका हुन् ।

उनी स्वामी शिवानन्द बाबा भनेर चिनिन्छन् ।

धेरै पढिएको