काठमाडौं । आज १ सय १०औं अन्तर्राष्ट्रिय नारी दिवस नेपालमा पनि विविध कार्यक्रम गरेर मनाइँदै छ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।
नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन थालिएको हो ।
दिवसका अवसरमा सरकारले यो पटक औपचारिक कार्यक्रम भने गरेको छैन । फैलदो कोरोना भाइरस संक्रमणमा संवेदनशील बन्नुपर्ने भन्दै मन्त्रालयले आज प्रज्ञा भवनमा राष्ट्रपतिको प्रमुख आतिथ्यमा मनाउने भनी घोषणा गरेको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस स्थगित गरेको हो । गैर सरकारी संस्थाले भने चेतनामूलक कार्यक्रमहरु आयोजना गरेका छन् ।