लन्डन — वेलायतमा अध्ययनको लागि आएका विद्यार्थीहरु कोरोनाका बिचल्ली परेमा छन् । भर्खरै बेलायत आएका उनीहरुले कुनै काम पाएका छैनन् । बस्ने र खाना खाने ठेगान छैन् । काम नहुनु र घरबाट पठाएको पैसा पनि रोकिएकै बेला कोभिड–१९ का कारण उनी थप चिन्तित छन । ‘नेपाल जाऊँ पैसा छैन । यहाँ एकदम असुरक्षित छन् ।
सेप्टेम्बरसम्म विश्वविद्यालय बन्द भएकाले आफूसहितका विद्यार्थीलाई तुरुन्त नेपाल फर्किन चाहन्छन् ।
पीडित विद्यार्थीले लन्डनस्थित नेपाली दूतावास, गैरआवासीय नेपाली संघ (एनआरएनए) र विश्वविद्यालयका नेपाली सोसाइटीमा हारगुहार गरेका छन तर गुनासो सुनुवाई भएन् ।
यसै बीच विद्यार्थीलाई सहयोग गर्न भन्दै वेलायतस्थित केही नेपालीहरुले चासो व्यक्त गरे । फेसबुक मार्फत पिडित विद्यार्थीलाई सित्तैमा पाल्ने घोषणा गरे। बधाईको आइरो लाग्यो । सामाजिक संजालमा समाचारमा देखे पछि पिडित विद्यार्थीलाई आशा पलायो । तर ती समाजसेवीलाई सम्पर्क गर्दा हिस्स परे ।
कतिपयले सस्तोलोकप्रियताको लागि घोषणा गरेको पाइएको छ । लण्डनस्थित एक गायिका तथा समाजसेवी सुजाता आफ्ले आफ्नो फेसबुक टाइमलाईन मार्फत त्यस्तो समाजसेवा खोक्रो भएको वताइकी छन् । बिचल्लिमा परेका ४ जना विद्यार्थीलाई सेल्टर दिएकी काफ्लेले लेखेकी छन् ‘हिजो एकजना ठुलो दिल भएका समाजसेवीले फेसबुक लाईभमा अन्तरबार्ता दिदै ६ जनाजति बिधार्थिलाई सहयोग गर्छु भन्नु भएको थियो आज फोन गरे छन् तिनलाई उहाँको घर बनाउन पर्ने भयो रे रातारात एकछिन हिट हुन मान्छेले कति सम्म जानेको ३खोक्रोसमाजसेवी छ मलाई पो लाज लाग्यो ।
पछिल्लो समयमा आफ्नै घरमा विद्यार्थीहरुलाई खानबस्न दिने भन्दै गरिएका घोषणाप्रति यसअघिनै आशंका गरिएको थियो । कतिपयले आफ्नो घर नभए पछि भाडामा भारी छुट दिएको भन्दै प्रचार गरेको भेटिएको छ ।
यी हुन् बेलायतमा विद्यार्थीहरुलाई सहयोग गर्ने समाजसेवी, उद्यमी तथा व्यवसायीहरु !