मुख्य समाचार
नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने
काठमाडौं । चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २ दशमलव ३ प्रतिशतमा सीमित रहने भएको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन २०७६-७७ सार्वजनिक गर्दै चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २ दशमलव ३ प्रतिशतमा खुम्चिने अनुमान रहेको जानकारी दिए ।
यसअघि केन्द्रीय तथ्यांक विभागले यो वर्षको आर्थिक वृद्धिदर २ दशमलव दुई सात प्रतिशत हुने अनुमान सार्वजनिक गरेको थियो । तर, गत फागुनपछि सुरु भएको कोरोना भाइरसको संक्रमण र त्यसले अर्थतन्त्रमा पारेको प्रभावका कारण अर्थतन्त्रको वृद्धिदर नराम्रोसँग खुम्चिने भएको अर्थमन्त्री खतिवडाले बताए ।
सरकारले चालु आर्थिक वर्षको बजेटले आर्थिक वृद्धिदर ८ दशमलव ५ प्रतिशतको लक्ष्य राखेको थियो । सरकारले जेठ १५ गते बिहीवार आर्थिक वर्ष २०७७-०७८ को बजेट पेश संसदमा गर्दैछ ।

