१२ कार्तिक २०८२, बुधबार
Follow Us

२१११ जनामा कोरोना संक्रमण, १३ जनाको निधन

नेपालब्रिटेन संवाददाता
२८ कार्तिक २०७७, शुक्रबार ११:५४

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २१ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ६ हजार ३५३ जनामा संक्रमण पुष्टि भएको छ । शुक्रबार १३ जना संक्रमितको निधन भएको छ ।

मन्त्रालयको अनुसार शुक्रबार ३५ सय ३७ जना डिस्चार्ज भएसँगै नेपालमा कोरोना निको हुनेको संख्या १ लाख ६८ हजार १२९ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार २२ रहेको छ । देशभर क्वारेन्टाइनमा ९८६ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिलेसम्म १५ लाख ९३ हजार ८५० जनाको पीसीआर परीक्षण भएको छ ।

धेरै पढिएको