३० पुष २०८२, बुधबार
Follow Us

अख्तियार प्रमुख राईद्वारा पदभार ग्रहण

नेपालब्रिटेन संवाददाता
२१ माघ २०७७, बुधबार ०९:५४

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले बुधबार पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालय, शीतलनिवासमा बुधबार बिहान शपथ ग्रहण गरेलगत्तै टंगालस्थित कार्यालयमा पुगेर नवनियुक्त प्रमुख आयुक्त राईले पदभार ग्रहण गर्नुभएको हो ।

प्रमुख राईसँगै आयुक्त किशोरकुमार सिलवाल र जयबहादुर चन्दले पनि कार्यभार सम्हाल्नुभएको आयोगले जनाएको छ ।

नवनियुक्त प्रमुख आयुक्त राई र आयुक्तद्वयलाई आयोगका सचिव सुरेश अधिकारीसहितका कर्मचारीहरुले स्वागत गर्नुभएको थियो ।नवनियुक्त प्रमुख आयुक्त राईले गृहलगायतका महत्वपूर्ण मन्त्रालयमा सचिव भएर काम गर्नुभएको थियो ।

धेरै पढिएको