ताजा खबर

१०५ कोरोना संक्रमित थपिए, थप २ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप १०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०५ जनामा कोरोना पुष्टि भएको हो।

हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७१ हजार ७०७ पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोनाले थप दुई जनाको मृत्यु भएको छ। कोरोनाबाट मृत्यु हुनेको संख्या २०३५ पुगेको छ।

पछिल्लो २४ घण्टामा २७२ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६७ हजार ५६४ पुगेको छ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता