काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ललितपुर महानगरपालिकाले २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । महानगरपालिका र धुर्मुस सुन्तली फाउण्डेसनबीच शुक्रबार सहयोग संबन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
साथै शुक्रबार नै महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल लाई २० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका छन । सहयोग रकम बुझ्दै अध्यक्ष कट्टेलले रङ्गशाला निर्माणका लागि उर्जा थपिएको बताए ।
रङ्गशाला निर्माण गरेर जिम्मेवार नागरिकको भूमिका निर्वाह गरी सरकारलाई सहयोग गर्न पाउँदा खुशि लागेको उनको भनाई थियो । उनले यसै आर्थिक वर्ष भित्र ३ हजार क्षमताको प्याराफिट सहितको रङ्गशाला निर्माण भइसक्ने र सकेसम्म छिटो निर्माण कार्य सम्पन्न गर्ने योजनाका साथ काम भइराखेको बताए ।