१२ जेष्ठ २०८३, मंगलवार
Follow Us

दलबीचको मतभेद सत्ता बाँडफाँडमा केन्द्रित

नेपालब्रिटेन डट कम्
१८ पुष २०७३, सोमबार १३:०६

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले प्रमुख दलबीच देखिएको अहिलेको मतभेद संविधान संशोधनसँग नभई सत्ता बाँडफाँटसँग केन्द्रित रहेको आरोप लगाउनुभएको छ ।
वर्तमान राजनीतिक गतिरोधको अन्त्यका लागि रिपोर्टर्स क्लब नेपालको ध्यानाकर्षणपत्र ग्रहण गर्दै उहाँले भन्नुभयो, “सत्ताको मुद्दालाई मिलाएर मिलिजुली सरकार बनाउँदा उपयुक्त हुनेछ ।” नेपाली काँग्रेस, नेकपा(एमाले) र नेकपा (माओवादी केन्द्र) बीच वैचारिक मुद्दा खासै फरक नभएको जनाउँदै उहाँले मधेसलाई विश्वासमा लिएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
“राजनीतिक गतिरोध अन्त्यका लागि वार्ताबाहेक अरु बाटो छैन, अब धेरै गतिरोध लम्ब्याउँदै लैजानु हँुदैन, तराई–मधेसमा उठेको मुद्दा हाम्रै समस्या हुन्, त्यहाँ उठेको चासोलाई सम्बोधन गर्न संविधान संशोधन गरेर निर्वाचनमा जानु उपयुक्त हुनेछ”, पूर्वप्रधानमन्त्री डा भट्टराईले भन्नुभयो ।

धेरै पढिएको