मिर्गौला पिडित लोक मगरलाई बेल्जियम बस्ने नेपालीबाट सहयोग
चनौली । दुवै मिर्गौला फेल भएर उपचार गराई रहनु भएको लोक बहादुर मगरलाई सहयोग जुटेको छ । बेल्जियममा बस्ने नेपालीहरुले उहाँलाइ सहयोग गर्नु भएको हो ।चितवन साहयता कोष बेल्जियमको बिशेष पहलमा सस्था सँग आबद्ध हुनु भएकाहरु,बेल्जियममा रहनुभएका सामाजिक ब्यक्तिहरूको सहयोगमा जुटेको रकम रु १ लाख ५ हजार रुपैया आज बुधबार मिर्गौला पिडित मगरलाई हस्तान्तरण गरिएको हो ।
मिर्गौला पिडीत लोक मगरको लागी उठेको रकम श्रीप्रसाद सापाकोटा ५१ युरो,नेत्र मगर ५१ युरो,दिनेश प्रसार भन्डारी ५१ युरो, भुवन सुवेदी ५० युरो,ईश्वरी कडेल ५० युरो,भीम सुवेदी ५० युरो,चिरन खवास ५० युरो,भरत अधीकारी ५० युरो,पदम गुरुङ ५० युरो,शकर बजगाई ५० युरो,कृष्ण श्रेत्री ४० युरो,पुष्प राज अधिकारी ३१ युरो,शान्ती भट्टराई ३० युरो, माया शेर्पा ३० युरो,सागर अधिकारी २५ युरो,ओम प्रकाश गुरुङ २१ युरो,भुवन ज्ञवाली २१ युरो,राजु घिमीरे २० युरो,पवन सुवेदी २० युरो,राम शरण महतो २० युरो,लगायतका महानुभावहरुले सहयोग गर्नु भएको हो ।
सो सहयोग हस्तान्तरण कार्यक्रममा सामाजीक व्यक्तित्वहरु नेपाल रेडक्रस सोसाइटी केन्दीय प्रशिक्षक चिज कुमार आले,स्थानीय युवा समाजसेवीहरु बिष्णु ढकाल,सोम प्रसाद भण्डारी,लगायतले बेल्जियममा बस्नु हुने नेपालीहरुले गर्नु भएको सहयोगको प्रशंसा गर्नुहुदै बेल्जियममा बस्नु हुने उहाँहरुले यस अघि पनि धेरै क्षेत्रमा यस्तो सहयोग गर्नु भएको बताउनु भयो ।
पश्चिम चितवन भरतपुर महानगरपालिका–१८ मा ७ बर्ष देखि भाडाको घरमा बसोबास गर्दै आउनु भएको ४८ वर्षे मगर दुवै मिर्गौला फेल भएर उपचार गराईरहनु भएको छ ।न्युन आर्थिक अवस्था भएका मगरले अहिले हप्ताको दुइ पटक डायलाइसिस गराई रहनु भएको छ ।उहाँ बिरामि हुनु भन्दा अगाडी भारतमा मजदुरी गर्नु हुन्थो ।सहयो रकम पाउनु भए पछि गहँ भरी आशु बनाउनु हुदै उहाँले अब भने बाच्ने आश पलाएको बताउनु भयो ।
उहाँले भन्नु भयो “गरिब छु उपचार कसरी गर्ने भन्ने भएको थियो- यती ठुलो सहयोग गर्नु भयो, अब त म बाच्छु होला” ।कार्यक्रममै उहाँ बस्नु हुने घर धनी गीता अधिकारीले बेल्जियम बाट सहयोग गर्नु हुने सम्पुर्ण सहयोगी दाताहरुले महापुण्य कमाउनु भएको बताउनु भयो ।कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सचिव सृजना अर्यालले सामाजीक सरोकारका विषयलाई सन्चार क्षेत्रले प्राथमिकता दिनेगरेको को बताउनु हुदै बेल्जियम बस्नु हुने सहयोगि दाताहरुको सरहाना गर्नु भयो ।
उँहाले बेल्जियममा बस्नु हुने नेपालीहरुले विकाश निमार्णका साथ साथै धेरै क्षेत्रमा सहयोग गरेर मातृभुमि प्रतिको दायित्व दर्शाउनु भएको भनाइ राख्नु भयो ।यसअघि पनि बेल्जियमा बस्नु हुने नेपालीहरुले विद्यालयको भवन निमार्ण , विधााथीहरुकोे पठनपाठन मा , विभिन्न रोगका विरामीहहरुको उपचारमा ,स्वास्थ्य कार्यक्रम मा शिविर ,लगायतका विभिन्न क्षेत्रमा सहयोग गरेका छन् ।

