काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता हुने भएको छ ।आज बस्ने स्थायी कमिटी बैठक अघि दुई नेताबीच भेटवार्ता हुने एमाले स्थायी कमिटी सदस्य सुवास नेम्बाङले जानकारी दिए।
नेम्बाङका अनुसार अध्यक्ष ओलीले नेता नेपाललाई फोन गरेर भेटका लागि प्रस्ताव गर्ने र त्यसपछि भेटको समय तय हुने छ। नेता नेपाललाई भेटेपछि आज स्थायी कमिटी बैठक पनि बस्ने नेम्बाङले बताए।
आजको स्थायी कमिटी बैठकमा गएराति एकता विवाद समाधानका लागि बसेको कार्यदलको बैठकले गरेका सहमती पत्रको अनुमोदन गर्ने नेता नेम्बाङले बताए । अध्यक्ष ओलीले भोलिका लागि एमाले केन्द्रीय कमिटी पनि बोलाएका छन्।