ताजा खबर

कोरोना परीक्षण बढ्यो, संक्रमित दर स्थिर

काठमाडौं । गत २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमण परीक्षण बढेको छ । तर, संक्रमण दर भने स्थिर रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका २४ घण्टामा १७ हजार ३ सय ८ जनाको पीसीआर र एन्टीजेन परीक्षण हुँदा २ हजार ९ सय ७७ संक्रमित भएका छन् ।

२४ घण्टामा नेपालमा १ हजार ६ सय ७८ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १८ जनाको मृत्यु भएको छ ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता