ताजा खबर

निर्वाचन आयोग र सभामुखविरुद्ध कानूनी उपचारमा जाने निर्णय

काठमाडौं । नेकपा एमालेले निर्वाचन अयाोग र सभामुखविरुद्ध कानूनी उपचारमा जाने निर्णय गरेको छ । एमालेले पार्टीको कारवाहीमा परिसकेका व्यक्तिलाई सनाखत गराएर नयाँ दल दर्ता गरेको भन्दै निर्वाचन आयोगविरुद्ध अदालत जाने निर्णय गरेको हो ।

एमाले केन्द्रीय कमिटी बैठकले १४ जना सांसदलाई विधान र कानूनबमोजिम गरिएको कारवाहीलाई अघि नबढाएकोमा सभामुख अग्नि सापकोटा र कारवाहीमा परेका व्यक्तिको सनाखत लिएकोमा निर्वाचन आयोगविरुद्ध कानूनी उपचारमा जाने निर्णय सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकले पार्टी विभाजनमा लागेका केन्द्रीय सदस्यहरुको नाम निर्वाचन आयोगमा एमालेको अभिलेखबाट हटाउने निर्णय समेत गरेको उनले बताए ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता