२५ पुष २०८२, शुक्रबार
Follow Us

कांग्रेस र एमालेले बोलायो संसदीय दलको बैठक

नेपालब्रिटेन संवाददाता
२२ भाद्र २०७८, मंगलवार ०५:५७

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संसदीय दलको बैठक बोलाएका छन् । एमालेले भोलि (बुधबार) बिहान ९ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो । बुधबार संसद् अधिवेशन आह्वान भएपछि एमालेले संसदीय दलको बैठक बोलाएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। बैठकमा संसदमा कसरी प्रस्तुत हुने लगायतका विषयमा छलफल हुनेछ ।

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसदको हलमा आज दिउँसो २ बजे कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको संसदीय दलका सचेतक पुष्पा भुषालले जानकारी दिइन् ।

बैठकमा बुधबार (भोलि) बस्न लागेको संसद अधिवेशन, बजेट, अध्यादेशलगायतका विषयमा छलफल हुने जनाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २३ गते बुधबार अपरान्ह ४ बजेका लागि संसद अधिवेशनको आव्हान गरेकी छन् ।

धेरै पढिएको