१५ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनएद्धारा कंचनपुरका बाढी पिडितलाई राहत वितरण

नेपालब्रिटेन डट कम्
८ कार्तिक २०७८, सोमबार १३:३७

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कंचनपुरका बाढी पिडितलाई राहत वितरण गरेको छ ।

गैरआवासीय नेपाली सघंले सुदिरपश्चिममको भिमदत्त नगरपालिका र दोधारा चांदनी नगरपालिकाका पिडितहरुलाई

बिगत केही दिन अघिको भारी बर्षाको कारण महाकाली नदीको बाढीको प्रभावले बिस्तापित परिवारलाई एक घर ,एक परिवार अभियान अन्तरर्गत ३०० घरलाई सो राहत दिएको संघले जनाएको छ ।
यसअघि संघका अध्यक्ष कुमार पन्तले विश्वभर छरिएका राष्ट्रिय समितिलाई राहतमा जुटन आग्रह गरेका थिए ।

राहत वितरणको लागि एनआरएनए मध्यपुर्ब उपसंयोजक मनोज कुमार श्रेष्ठ (गोर्खाली) मानार्थ सदस्य तथा राहत सामग्री हस्तान्तरण समितीका उपसंयोजक धर्मराज गिरि, एनआरएनए क्यानाडा प्रतिनिधि तुला भट्टचन, एनआरएनए दक्षिण कोरिया प्रतिनिधि तथा नेपाल पत्रकार महासघं दक्षिण कोरियाका अध्यक्ष रन्जन राज कुँवर, एनआरएनए दक्षिण कोरिया अभियान्ता नवीन राज जोशी, सन्जु श्रेष्ठ, प्रदिप खनाल लगायत कंचनपुर पुगेका थियो ।

राहत वितरण स्थानीय निकायका जनप्रतिनिधि , राजनीतिक दल,सामाजिक अभियान्ता, प्रशासन, पत्रकार तथा स्थानीय वासिन्दाको रहोवरमा सोमवार वितरण गरिएको थियो ।