२४ बैशाख २०८१, सोमबार
Follow Us

बारमा अधिवक्ताबीच मुक्का हानाहान

नेपालब्रिटेन संवाददाता
१२ कार्तिक २०७८, शुक्रबार ०७:४५

काठमाडौं । नेपाल बार एशोसिएसन परिसरमा अधिवक्ताबीच हानाहान भएको छ । बार एशोसिएसनको बैठक बसिरहेका बेला शुक्रबार दिउँसो अधिवक्ताद्वय विराट न्यौपाने र भूमिनन्द चुडालबीच हानाहान भएको हो । न्यौपानेले चुडाललाई हातपात गरेपछि विवाद सुरु भएको बताइएको छ । सर्वोच्च अदालतका एसपी दीपक रेग्मीले दुई जना अधिवक्ताहरुबीच व्यक्तिगत विषयमा विवाद भएको बताए ।