१ श्रावण २०८२, बिहीबार
Follow Us

प्रदेश १ मा भोलि १ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखको आह्वान

नेपालब्रिटेन संवाददाता
१५ कार्तिक २०७८, सोमबार ११:०१

विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री भीम आचार्यको राजीनामा स्वीकृत गरेका छन् । सोमबार मुख्यमन्त्री आचार्यले राजीनामा दिएलगत्तै प्रदेश प्रमुख प्यासीले नयाँ सरकार गठनका लागि आह्वान समेत गरेका छन् ।

उनले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मंगलबार दिउँसो १ बजेभित्र नयाँ सरकार गठनको दाबी पेश गर्न दलहरुलाई आह्वान गरेका हुन् । मुख्यमन्त्रीको आह्वानपछि दलहरूले नयाँ सरकारका लागि दाबी पेस गर्ने तयारी गरेका छन् ।

सोमबार सरकारका लागि दाबी पेश गर्न भन्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीसहितको गठबन्धनका ५० सांसदले हस्ताक्षर संकलन गरिसकेका छन् ।

प्रदेश १ मा ९२ सांसद छन् । एमालेसँग सभामुखसहित ४१ सांसद छन् । कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा ९एकीकृत समाजवादी० का १०, जनता समाजवादीका तीन र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक सांसद छन् । राप्रपाको एक सांसद छ । विश्वासको मत प्राप्त गर्न आचार्यलाई ४७ सांसद आवश्यक पर्छ । तर एमालेसँग ४१ सांसद भएकाले विश्वासको मत पाउन नसक्ने देखिएपछि आचार्यले पदबाट राजीनामा दिएका हुन् ।

धेरै पढिएको