२६ बैशाख २०८१, बुधबार
Follow Us

रौतहटमा सवारी दूर्घटना हुँदा चार जना भारतीय नागरिकको मृत्यु

नेपालब्रिटेन संवाददाता
२८ कार्तिक २०७८, आईतवार ०६:१५

रौतहट। रौतहटको चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको भारतीय नम्बरको गाडि गएराती पल्टिंदा त्यसमा सवार चार जनाको मृत्यु भएको छ ।

देउमाई नगरपालिकाको जमुनाह सडकखण्डमा अनियन्त्रित भई गाडि खाल्डोमा डुब्दा सवार यात्रुको मृत्यु भएको प्रहरीलाई उदृत गर्दै हाम्रा समाचारदाता शैलेन्द्र गुप्ताले जनाएका छन् ।

मृतकहरु भारत चम्पारण जिल्लाका रहेका र उनिहरुको शव गौर अस्पतालमा राखिएको छ । आफन्तजन सम्पर्कमा आएपछि शव बुझाइने प्रहरी बरिष्ट उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।