२७ बैशाख २०८१, बिहीबार
Follow Us

बेलायत सहित १४ मुलुकसँगको उडान रोक्न मन्त्रिपरिषद्लाई सीसीएमसीसीको सिफारिस

नेपालब्रिटेन डट कम्
१३ मंसिर २०७८, सोमबार १२:४२

काठमाडौं । कोभिड – १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले कोरोनाको नयाँ भेरिएन्ट भेटिएका मुलुकसँगको हवाइ उडानलाई रोक लगाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ ।

आज बस्ने मन्त्रिपरिषद् बैठकलाई आफूहरुले उक्त सिफारिस गरेको जानकारी सीसीएमसीसी संयोजक महेश्वर न्यौपानेले जानकारी दिए । आइतबार बसेको समिति बैठकले संक्रमित देखिएका मुलुकसँगको उडानलाई रोक्ने वा कडाइ गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

साथै, भारतसँगको सीमानाकामा समेत कडाइ गर्ने र परीक्षणको दायरा बढाउने सिफारिस पनि बैठकले गरेको छ । दक्षिण अफ्रिकी मुलुकबाट आउनु यात्रुलाई नेपाल प्रवेशमा रोक लगाउन र अनअराइभल भिसा नदिन समितिले सिफारिस गरेको छ ।

आज बस्ने मन्त्रिपरिषद् बैठकमा कोभिड–१९ को नयाँ भेरिएन्टको सन्दर्भमा समेत छलफल हुने जानकारी सीसीएमसीसी संयोजकले नेपाल प्रेसलाई दिए ।

आज बिहानसम्म १४ वटा मुलुकमा कोभिडको नयाँ भेरिएन्ट पुष्टि भएको डब्लुएचओले जनाएको छ । जसमा दक्षिण अफ्रिका, बोत्स्वाना, बेलायत, नेदरल्यान्ड्स, जर्मनी, हङकङ, इटाली, बेल्जियम, इजरायल, डेनमार्क, अष्ट्रिया, चेक रिपब्लिक, अष्ट्रेलिया र क्यानडा छन् ।