२३ बैशाख २०८१, आईतवार
Follow Us

एसएसपी खत्रीलाई ४ दिन थुन्नु : अदालत

नेपालब्रिटेन डट कम्
२४ माघ २०७३, सोमबार १०:१२

काठमाडौं । सुनकान्डमा पक्राउ परेका प्रहरी वरिष्ठ उपरीक्षक श्यामबहादुर खत्रीलाई चार दिनसम्म हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ । काठमाडौं जिल्ला अदालतले सोमबार प्रहरीलाई अनुसन्धानका लागि समय दिएको हो । नेपाल प्रहरीको केन्द्रीय जाँच ब्यूरो (सीआइबी)को नियन्त्रणमा रहेका खत्रीलाई म्याद थपका लागि सोमबार काठमाडौं जिल्ला अदालत लगिएको हो । सुन तस्करहरुलाई ३३ किलो सुन भित्र्याउन सघाएको आरोपमा एसएसपी खत्रीलाई सीआइबीले पक्रेर हिरासतमा राखिरहेको छ । गत महिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलो सुन भित्र्याउन सहयोग गरेको आरोपमा एसएसपी खत्री पक्राउ परेका हुन् ।
सीआइबीले खत्रीलाई आइतबार दिउँसो प्रहरी मुख्यालय नक्सालबाटै पक्रेको थियो । खत्री सुन तस्करीको समयमा विमानस्थलमा कार्यरत् थिए । सो घटनालगत्तै खत्रीलाई हेडक्वार्टर तानिएको थियो । प्रहरीले यसअघि विमानस्थल भन्सारमा कार्यरत तीनजना कर्मचारीलाई पनि पक्रिसकेको छ । उनीहरुको बयानसमेतका आधारमा खत्रीलाई पक्राउ गरिएको बताइएको छ । गत पुस २१ गते दुबई विमानस्थल हुँदै ल्याइएको सुनसहित सीआइबीले तीनजनालाई नियन्त्रणमा लिएको थियो ।