२५ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएनए चीनको सिचुवान क्षेत्रिय समिति गठन

नेपालब्रिटेन डट कम्
२९ फाल्गुन २०७८, आईतवार १५:२१

गैरआवासीय नेपाली संघ चीनको सिचुवान क्षेत्रिय समिति गठन भएको छ। नया समिति गठनसँगै गैरआवासीय नेपाली संघ चीनको क्षेत्राधिकार व्यापक हुनुकासाथै यसलाई थप विस्तृत बनाएर चीनमा रहेका नेपालीलाई एकतावद्य गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

चीनमा कोरोना महामारीका विरामीहरु पुनः बढ्न थालेपछि सतर्कता अपनाईएको कारणले भर्चुवलरुपमा आयोजना गरिएको कार्यक्रममा डा. बुद्धिप्रसाद शर्माको अध्यक्षतामा दश सदस्य गैरआवासीय नेपाली संघ चीनको सिचुवान क्षेत्रिय तर्दथ समिति गठन सर्वसम्मतिवाट गरिएको छ। समितिमा उपाध्यक्षहरु डा. रोवोट घिमिरे र राजु सिलवाल, महासचिव डा. पर्वतराज रेग्मी, सचिव डा. बिष्णुप्रसाद अधिकारी, कोषाध्यक्षमा अर्जुन गिरी रहनुभएको छ भने सदस्यहरुमा डा. एलिजा पौड्याल, विकल्प बस्नेत, कमलकुमार कार्की र प्रकाश सुनार रहनुभएको छ।

कार्यक्रममा धारणा राख्दै चीनमा रहेका नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूतहरु दिनेशकुमार घिमिरे (छन्तु), हरिशरण पुडासैनी (क्वान्चौ) तथा नेपाली राजदुतावासका ईकोनोमिक मिनिस्टर छविन्द्र पराजुलीले एनआरएनए चीनको नया क्षेत्रिय समिति गठनले एनआरएनए चीनलाई थप सघनरुपमा कार्य गर्न र चीनमा रहेका नेपालीहरुलाई एकतावद्ध गर्न मद्धत पुग्ने विश्वास व्यक्त गर्दै यसकोलागि आफुहरुको तर्फवाट सदा सहयोग रहने बचनवद्धता गर्नुभयो।

यस्तै कार्यक्रममा एनआरएनए चीन का आईसिसी सदस्य नविन विक एनआरएनए चीनका पूर्व अध्यक्ष सुदेश कुमार झा नीबर्तमान अध्यक्षप्रदिप न्यौपाने नवगठित समितिका पदाधिकारीहरुलाई शुभकामना व्यक्त गर्दै यस गठन प्रक्रियाले एनआरएनए चीनलाई थप व्यापक बनाउने आफुहरुको सपना पुरा भएको बताउनु भयो। कार्यक्रममा धारणा राख्दै एनआरएनए चीन कार्यसमितिका उपाध्यक्ष विष्णुप्रसाद डुमरु, महासचिव यादव अर्याल तथा सचिव बिष्णुहरि भण्डारीले नया क्षेत्रिय समिति गठनसगैं थप नया उत्साहकासाथ काम गर्ने वातावरण तयार भएको बताउँनुभयो।

कार्यक्रमको अध्यक्षता गर्नुभएका एनआरएनए चीन कार्यसमितिका अध्यक्ष रोहित अग्रवालले आजको दिन एनआरएनए चीनकोलागि ऐतिहासिक क्षण रहेको भन्दै अव नया ढगंवाट नेपाल र नेपालीकालागि थप प्रतिवद्ध भएर काम गर्ने वातवरण तयार भएको धारणा राख्नुभयो।

यस्तैगरि नवगठित समितिकातर्फवाट अध्यक्ष शर्माले धारणा राख्दै नया समितिको गठन अत्यन्त महत्वपूणर् रहेको र यसले एनआरएनए चीनलाई थप सशक्त, प्रभावकारी र व्यापक बनाउन सहयोग पुग्ने उल्लेख गरे ।